न्युजिल्याण्डमाथि इंग्ल्याण्डको शानदार जीत
शनिबार, १६ भदौ २०८०, ०८ : १५
म्यानचेस्टर । इंग्ल्याण्डले दोस्रो खेलमा न्युजिल्याण्डमाथि ९५ रनको शानदार जीत हासिल गरेको छ । जीतसँगै टी–२० शृङ्खलामा इंग्ल्याण्डले २–० को अग्रता बनाएको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ९९ को लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १३.५ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । न्युजिल्याण्डलाई सस्तोमा समेट्न गस एट्किन्सनले ४ तथा आदिल रसिदले २ विकेट लिए । न्युजिल्याण्डका लागि टिम सेफर्टले सर्वाधिक ३९ रन बनाए । ग्लेन फिलिप्सले २२ तथा मार्क च्यापम्यानले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि जोनी ब्रेस्टोको ८६ रनको मद्दतले इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । उनलाई ह्यारी ब्रुकले ६७ रन बनाउँदै राम्रो साथ दिए । न्युजिल्याण्डका लागि इस सोधीले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण