सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डमाथि इंग्ल्याण्डको शानदार जीत

शनिबार, १६ भदौ २०८०, ०८ : १५
शनिबार, १६ भदौ २०८०

म्यानचेस्टर । इंग्ल्याण्डले दोस्रो खेलमा न्युजिल्याण्डमाथि ९५ रनको शानदार जीत हासिल गरेको छ । जीतसँगै टी–२० शृङ्खलामा इंग्ल्याण्डले २–० को अग्रता बनाएको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ९९ को लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १३.५ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । न्युजिल्याण्डलाई सस्तोमा समेट्न गस एट्किन्सनले ४ तथा आदिल रसिदले २ विकेट लिए । न्युजिल्याण्डका लागि टिम सेफर्टले सर्वाधिक ३९ रन बनाए । ग्लेन फिलिप्सले २२ तथा मार्क च्यापम्यानले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि जोनी ब्रेस्टोको ८६ रनको मद्दतले इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । उनलाई ह्यारी ब्रुकले ६७ रन बनाउँदै राम्रो साथ दिए । न्युजिल्याण्डका लागि इस सोधीले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप