गाँजा किन्ने विवादमा काठमाडौँका युवकको हत्या
काभ्रे । काठमाडौँ काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौँ ढल्कुबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । साथै बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तिर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारी तिर्थराज समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसुर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण