दुर्गेशले ल्याए ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’
काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् ।
यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका हुन् ।
गीतको भिडियोमा दुर्गेश तेस्रो लिंगीको रूपमा देखिएका छन् भने उनले महिलाको पहिरन उफ्री उफ्री नाचेका छन् । गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् ।
भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।
दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए । त्यसपछि साङ्गीतिक क्षेत्रमा स्थापित उनी बेलाबेलामा विवादमा मुछिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण