सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेशले ल्याए ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’

आइतबार, १७ भदौ २०८०, ११ : ०६
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् ।

यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका हुन् ।

गीतको भिडियोमा दुर्गेश तेस्रो लिंगीको रूपमा देखिएका छन् भने उनले महिलाको पहिरन उफ्री उफ्री नाचेका छन् ।  गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् ।

भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए । त्यसपछि साङ्गीतिक क्षेत्रमा स्थापित उनी बेलाबेलामा विवादमा मुछिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप