आन्दोलनबारे पाठ्यपुस्तक लिपिबद्ध हुन नसक्दा माओवादी कमजोर भयो : इन्चार्ज कार्की
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवास समितिका इन्चार्ज राम कार्कीले माओवादी आन्दोलनबारे पाठ्यपुस्तक लिपिबद्ध गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । आइतबार प्रवास समितिको तीन महिने अभियानको उद्घाटन गर्दै उनले संघर्षबाट प्राप्त उपलब्धिको रेकर्ड राख्न नसक्नु कमजोरी भएको जिकिर गरे ।
‘राज्यसँग दुई वटा अंग हुन्छ । एक सैनिक, अर्को पर्सेसिप(नरम वा लामो समयसम्म टिक्ने हतियार) हो । राज्यलाई बलियो र टिकाउने भनेको मन्दिर, गुम्बा, विश्वविद्यालय, नागरिक समाज हुन् । तर यसतर्फ हामीले ध्यान दिएनौँ । जनतालाई बुझाउन सकिएन । यसलाई विद्यालय वा विश्वविद्यालयमा लिपिबद्ध गर्न नसक्दा माओवादी आन्दोलन भयो । पार्टी कमजोर भयो’, उनले भने ।
कार्कीले प्रवासको सबै कमिटी भंग गरी नयाँ अनुहार ल्याउन निर्देशन दिए । अब नयाँ पुस्ता नयाँ सोच, विचारका साथ आएकाले पुराना पुस्ता हट्नुपर्ने उनले भनाइ राखे । विशेष अभियानपछि माओवादी फेरि रातो सलह बनेर आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण