बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘देखेर तिमीलाई’मा रेबिका र सन्जिव

आइतबार, ११ चैत २०७४, १३ : ०५
आइतबार, ११ चैत २०७४

काठमाडौं – प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने श्रष्टा धेरै छन् । यस्तैमा युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’ आएको छ । उनकै स्वर तथा शब्द रहेको गीतमा कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पल गीतमा बर्णन गरिएको छ ।
फोटोग्राफर कमल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियो दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले अभिनय गरेकी छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप