मेस्सीको पासमा अल्बाको गोल, एमएलएसमा इन्टर मियामी विजयी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा अर्को जित हात पारेको छ । इन्टर मियामीले सोमबार सम्पन्न खेलमा लस एन्जल्स फुटबल क्लबलाई ३—१ गोलले पराजित गर्यो ।
प्रारम्भदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको इन्टर मियामीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको १४औँ मिनेटमै इन्टर मियामीले अग्रता लिएको थियो । इन्टर मियामीका लागि फाकुन्डो फारियसले पहिलो गोल गरेका थिए ।
फाकुन्डोको सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । खेलको ५१औँ मिनेटमा जोर्डी अल्बाले इन्टर मियामीको अग्रता दोब्बर बनाएको थियो । अल्बालाई गोलका लागि मेस्सीले आकर्षक पास उपलब्ध गराएका थिए । एमएलएसमा मेस्सीको पासमा कुनै पनि खेलाडीले गरेको यो पहिलो गोल हो ।
यसैगरी ८३औँ मिनेटरमा इन्टर मियामीका लागि लियोनार्दो काम्पानाले तेस्रो गोल थपेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा लस एन्जल्स फुटबल क्लबले सान्त्वना गोल फर्काएको थियो । लस एन्जल्स फुटबल क्लबका लागि रायन होलिङ्सेडले जवाफी गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण