भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, १२ लाखभन्दा बढीको हात खाली
सोमबार, १८ भदौ २०८०, ११ : ४२
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर (आईपीओ ७१ हजार २२२ जना आवेदकले पाएका छन् । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै ७१ हजार जनालाई आईपीओ परेको जनाएको हो ।
यहि भदौ ५ देखि ८ गतेसम्म बिक्री खुलेको आईपीओमा १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्ध भएको थियो । बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको थियो । यी आवेदनबाट गोलाप्रथा माध्यमबाट ७१ हजार २२२ जनाले आईपीओ पाएका हुन् ।
कम्पनीले १०० रुपैयाँ अंकित आईपीओमा १६ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ बिक्री खुलाएको थियो । आवेदकले गोलाप्रथा माध्यमबाट १० कित्ताका दरले आईपीओ पाएका हुन् । क्यापिटलका अनुसार १२ लाख २५ हजार ४५५ जनाको हात खाली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण