बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जुना र सुमनको सहकार्यमा आयो तीज गीत ‘माइतीघरको’

सोमबार, १८ भदौ २०८०, १३ : ०९
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । लोकप्रिय गायिका जुना श्रीषको स्वरमा मौलिक तीज गीत ‘माइतीघरको’ सार्वजनिक भएको छ । गीतकार सुमन बैरागीको शब्द तथा संगीत रहेको गीत ‘माइतीघरको’ संगीत संयोजन मदन केसीले गरेका हुन् ।

माइतीघर बुबाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई दर्शाउन खोजिएको छ ।

गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । अस्मिता राना लाई फिचरिङ गरिएको गीतको भिडियोमा करण चैंसिरको छायाँकन छ ।

मनोज कार्कीको कलर एवं सम्पादन रहेको यो गीतको पोष्ट प्रोडक्सन गुरुआमा फिल्मस्ले तयार पारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप