प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् ।
विधेयकमा आफूहरुको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले उक्त जानकारी गराएको नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।
उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपले विश्वकप खेल्न पाउलान् ?
-
जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना
-
दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक
-
दशरथ रङ्गशालाको अवस्थाप्रति फिफा र एएफसीको चासो
-
लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको मूल्य
-
आत्मनिर्भर अर्थतन्त्र बनाउँदै ‘मेक इन नेपाल’ अभियान, झण्डै डेढ सय उद्योग जोडिए