सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्नुहुन्न : वर्षमान पुन
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताएका छन् ।
उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे ।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए । निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाई थियो ।
उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
त्यस अवसरमा पूर्व अर्थमन्त्री समेत रहेका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण