नयाँ आईफोनमा अब यूएसबी–सी चार्जिङ प्वाइन्ट हुने
न्यूयोर्क । आगामी मंगलबार सार्वजनिक हुने एप्पलको नयाँ आईफोनमा यूएसबी–सी चार्जिङ प्वाइन्ट हुने लगभग तय भएको छ । एप्पलको फोनमा हाल विशेष प्रकारको लाइटनिङ एडप्टर प्रयोग भइरहेको छ, जुन उसको प्रतिद्वन्द्वी ब्रान्डको फोनभन्दा फरक रहेको छ ।
तर उपभोक्ताको पैसा र संसाधन बचाउन युरोपियन युनियनले नयाँ नियम बनाएको छ । यस अनुसार अब फोन निर्माता कम्पनीहरूले सन् २०२४ डिसेम्बरसम्म एकै प्रकारको चार्जिङ कनेक्सन अपनाउनु अनिवार्य गरिएको छ ।
नवीनतम आईप्याडसहित एप्पलको अधिकतम नयाँ उत्पादनमा यूएसबी–सी चार्जिङ प्वाइन्ट अपनाइसकेको छ । तर, कम्पनीले युरोपियन यूनियनको नियमविरुद्ध तर्क पनि पेस गर्दै आइरहेको छ ।
सन् २०२१ को सेप्टेम्बरमा युनियनले यो नियम लिएर आउँदा एप्पलका एक प्रतिनिधिले बीबीसीसँग कुराकानी गर्दै कडा नियमका कारण एकै प्रकारको कनेक्टर हुनेछ यसले नवीनतालाई प्रोत्साहन गर्नुको साटो त्यसको ‘घाँटी न्याक्ने’ काम हुनेछ । यसले अन्ततः यूरोप र विश्वकै उपभोक्ताहरूलाई नोक्सान हुने उनको भनाई थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण