बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रियंका अनुभबी र जसिता सिकारु – प्रदीप खड्का

आइतबार, ११ चैत २०७४, १७ : ४८
आइतबार, ११ चैत २०७४

काठमाडौं – ‘लिलिबिली’ चलचित्रका लागि अभिनेत्री प्रियंका कार्की छानिए पछि यसका अभिनेता प्रदीप र प्रियंका दिदी भाइको रुपमा देखिने चर्चा चलेको थियो । तर आइतबार एक कार्यक्रमका बीच सार्वजनिक चलचित्रको ‘हावा सरी’ बोलको गीतमा भने प्रियंका र प्रदीपको रोमान्स देख्न सकिन्छ । 
टर्कीको स्थानबुलमा छायाँकन गरिएको गीतमा प्रियंका र प्रदीपको अलवा नव अभिनेत्री जसिता गुरुङ पनि अटाएकी छन् । सुदीप बरालको छायाँकन रहेको गीतमा स्वर एसडी योगी र मेनुका पौडेल, शब्द दीपेन्द्र घिमिरे र संगीत गायक योगीकै रहेको छ । गीतको कोरियोग्रोफी कविराज गहतराजले गरेका हुन् ।
कार्यक्रममा अभिनेता प्रदीपलाई प्रियंका र नवअभिनेत्री जसितासँगको अभिनय अनुभव शेयर गर्न अनुरोध गरिएको थियो । प्रियंका अनुभबी र जसिता सिकारु भन्दै प्रदीपले छोटो जवाफ दिए ।
मिलन चाम्स निर्देशित ‘लिलिबिलि’ गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । प्रदर्शनको मिती नजिकिदै गर्दा निर्माता बीच मनमुटाव रहेको  चर्चा चलचित्र क्षेत्रमा चलेको थियो । तर कार्यक्रममा दुबै निर्माता एक अर्काेसँग मिलेर बसेको देखियो ।
‘लिलिबिलि’ स्कटल्याण्ड, लन्डन र नेपालमा छायाँकन भएको चलचित्र हो । । ३० चैत्रबाट देशैभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा प्रदीप, प्रियंका, जसिताको अलवा अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतको अभिनय रहेको छ । 
कार्यक्रममा अभिनेता सबिन श्रेष्ठको जन्मदिनको केक काटिएको थियो । केही दिन पहिले जन्मदिन परेको सबिनको बर्थडे केक आज काटिदा पत्रकार दंग परे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप