बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गीत नै बन्यो ‘दाइ नभन्नू ल’

आइतबार, ११ चैत २०७४, १७ : ४७
आइतबार, ११ चैत २०७४

काठमाडौं – पछिल्लो समय गीत संगीतमा पनि चलन चल्तिका शब्द प्रयोग हुन थालेका छन् । यस्तैमा गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले प्राय केटाहरुले जिस्किउर केटीहरुलाई भन्ने शब्द ‘दाई न भन्नु’ को गीत बनाएका छन् ।
कालीप्रसादले गीत भिडियो सहित सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा नयाँ डान्स ग्रुप ’क्रिष्टल क्लज डान्स ग्रुप’समेत भित्रिएको छ । यसअघि चलचित्र ’पुरानो डुङ्गा’को ‘निर जहिले रिसाउने ’ गीत बनाएका थिए । 
’क्रिष्टल क्लज डान्स ग्रुप’ले गीतको भिडियो बनाएको हो । एकतारेको शब्द रहेको गीतमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ । सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।
भिडियो सन्देश जंग राणाले निर्देशन गरेका हुन् । सरस्वती श्रेष्ठ र आभाष जोशीको मोडलिङ रहेको भिडियोलाई सुरज श्रेष्ठले छायांकन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप