प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल
मुग्लिन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताएका छन् । आज चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले भने, “नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर जानुपर्छ भन्ने उद्देश्यका साथ केही नीतिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकापसमा भएको स्रोत साधनलाई परिचालन गर्न सहकार्य गर्न आवश्यक छ ।”
प्रदेश र स्थानीय सरकारको सहकार्यका लागि केही नीति बनाउने तयारीमा रहेको उनको भनाइ छ । “अब विकास गर्ने भनेको प्रदेश र स्थानीय सरकार मिलेर हो, त्यसका लागि हामीले केही नीति बनाउँदै छौँ, ड्राफ्ट गर्दैछौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानूनको बीचमा तादात्म्यता हुने गरी विशेषतः विकासका काममा सहकार्य गर्ने गरी नीति बनाउँदै छौँ ।”
प्रदेशका एक सय नौ वटै पालिका प्रमुखसँग आगामी कात्तिकमा छलफल गर्ने समयतालिका तय भएको उनले जानकारी दिए । आगामी वर्षको नीति कार्यक्रम तथा बजेट स्थानीय सरकारले गुनासो गर्न नपर्ने गरी आउने उनको भनाइ थियो ।
मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिला कार्यक्रम सुरुआत गर्न लागिएको बताए । उनले भने, “गृहिणी महिला आमा, दिदीबहिनीको जे सीप छ जे क्षमता छ त्यो सीप र क्षमतालाई संरक्षण गर्ने, उहाँहरूलाई उत्साहित बनाउने र उहाँहरूले उत्पादन गरेका सामग्री उचित मूल्यमा सङ्कलन गर्ने, तालिम प्रदान गर्नेलगायतका कार्यक्रमका गृहिणी महिला कार्यक्रम अघि बढाएका छौँ, त्यसका लागि बजेट विनियोजन गरेका छौँ, कार्यविधि बनाउँदै छौँ ।” स्थानीय पालिकासँग सहकार्य गर्ने गरी उक्त कार्यक्रम अघि बढाउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण