शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न मधेसका मुख्यमन्त्रीको माग

बुधबार, २० भदौ २०८०, २३ : १५
बुधबार, २० भदौ २०८०

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।  

बुधवार एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री यादवले सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।

उनले लोकतन्त्रको बुई चढेर निरंकुशतावादी शक्तिहरु सल्बलाइरहेको भन्दै यो घटना गम्भीर प्रकृतिको रहेको बताएका छन् । 

मधेशबाट राजनीति गर्ने सरल प्रकृतिका कांग्रेस नेता यादव आक्रमणको शिकार हुनु चिन्ताजनक रहेको बताउँदै उनले केहीदिन यता हरेक कुरामा लोकतन्त्रको खिल्ली उडाउने प्रवृत्ति बढदै गइरहेको बताएका छन् ।

लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई नै ध्वंश पार्ने कदम अस्वीकार्य रहेको उनको भनाइ छ ।  मुख्यमन्त्री यादवले प्रतिक्रियावादी शक्ति यो हदसम्म पुग्नु चरम दण्डहिनताको उदारहण रहेको बताएका छन् । साथै उनले यादवको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप