फष्टलुक्समा यस्तो देखियो ‘दिमाग खराब’
काठमाडौँ । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्मको फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।
प्रचार प्रसारको थालनीको रूपमा बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा कलाकारहरूको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । पोस्टरका कोही कलाकार निराश छन् , त कोही घाइते अवस्थामा देखिएका छन् । अभिनेत्री स्वस्तिमा भने विवाहित महिलाको रूपमा देखिएकी छन् ।
‘लुट’बाट सेलिब्रेटी बनेका निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको हो ।
आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको फिल्म जनता र शक्तिको कथामा केन्द्रित रहेको बताइएको छ ।
निश्चल ‘लुट २’पछि निर्देशनबाट टाढा थिए । उनको सक्रियता अभिनय र गायनमा बढी देखिएको थियो । कोरोना महामारीभन्दा अघि उनले ‘जिन्दाबाद’ नाममा फिल्म बनाउने तयारी गरेका थिए । तर, बजेट ठुलो लाग्ने भएपछि उनले आँट गर्न सकेनन् । अन्ततः उनले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शन लगत्तै घोषणा गरेको ‘दिमाग खराब’ नाममै फिल्म बनाएका छन् ।
_trKIHMmneA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण