बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।
‘सुपर फोर’ चरणको उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानका लागि बाबर आजमले केवल १७ रन बनाएका थिए । तर, कोहलीको कीर्तिमान तोड्न बाबर आजमलाई केवल ६ रनमात्र चाहिएको थियो ।
बंगलादेशविरुद्धको खेलमा ६ रन बनाएपछि बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रुपमा सबैभन्दा कम खेल खेलेर दुई हजार रन पुरा गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय पाकिस्तानी कप्तानले ३१ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । कोहलीले भने कप्तानका रुपमा ३६ खेल खेल्दै दुई हजार रन बनाएका थिए ।
बाबर आजम अहिले आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानमा रहेका खेलाडी हुन् । उनी टी—२० ब्याटिङ वरीयताको तेस्रो र टेस्ट वरीयताको चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण