बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा ५जी प्रविधिका लागि आवश्यक तयारी गर्दै सामसुङ

बिहीबार, २१ भदौ २०८०, १६ : १५
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । विश्वकै लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ । स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्राउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ ।

जसअनुसार ५जी नेटवर्किङ्ग क्षमताहरुका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्तेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन होस्, सामसङले सधैँ नेपाली बजारमा आफ्नो ए–गेम ल्याउने गरेको कम्पनीको भनाइ छ । 

नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, एनटीसी र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन् । अहिले, नेपालमा संचालनमा रहेका सबै समान ब्याण्डहरु २जीको लागि ब्याण्ड (९०० मेगाहर्ज), ३जीको लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), ४ज्ीको लागि ब्याण्ड ३ (१०० मेगाहर्ज) सबै सँग सामसङद्वारा समर्थित छन् । 

नेपाल टेलिकमल भीओएलटीई विस्तार गर्ने दौरानमा आफ्नो एलटीई÷४जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो । सामसङद्वारा यसको परीक्षण गरिए पश्चात् आफ्ना उपकरणहरुमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो । यस लगाएतै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो ।

नेपालका टेलिकम कम्पनीहरुले ५जी नेटवर्क शुरु गर्ने दिशामा कार्य गरिरहेका छन् । देशमा संचालित सबै नेटवर्क संचालकहरुले यो प्रविधिको व्यवसायिकरण गरेसंगैं प्रयोगकर्ताहरुले आफ्नो ५जीको लागि तयार रहेको उपकरणहरुमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।

सामसङले सन् २०२१ देखि नै ५जीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरु उपलब्ध गराउँदै आइरहेको छ र देशमा ५जीप्रविधि भित्राउने सन्दर्भमा यी दुवै टेलिकम संचालकहरुसँग निरन्तर काम गर्दै आइरहेको छ । कम्पनीले भर्खरै मात्र उनीहरुको अत्यन्त सुलभ मुल्यको ५जी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ ५जी बजारमा उपलब्ध पनि गराइसकेको छ । सामसङले हालैमात्र ५जीको लागि तयार उपकरणहरु उपलब्ध गराउन पूर्ण रुपमा तम्तयार रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप