पाठेघरको क्यान्सरविरुद्धको खोप १४ वर्षका किशोरीलाई दिइने
काठमाडौँ । सरकारले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीहरूलाई मात्रै दिने भएको छ । सरकारले उक्त खोप ७ वटा अस्पतालबाट दिने भएको हो ।
बिहीबार स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३० गतेसम्म पाइलटिङको रुपमा किशोरीहरूलाई खोप दिने जनाएको छ ।
महाशाखाका निर्देशक डा. विवेक लालले १४ वर्षका करिब ९ हजार किशोरीलाई खोप दिन लागिएको बताए ।
खोप महाशाखाले सात प्रदेशका सात अस्पतालबाट १९ हजार ९९८ खोप वितरण गरिने जनाएको छ । एचपीभी खोप ६ महिनाको अवधिमा २ मात्रा लगाउनुपर्नेछ ।
खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा खोप पाइलटिङका रुपमा दिइने उनले बताए । सरकारले २०२४ सम्ममा सबै किशोरीलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण