भारतको सूर्य मिसन आदित्य-एल १ ले अन्तरिक्षबाट पठायो पहिलो सेल्फी
शुक्रबार, २२ भदौ २०८०, ११ : १५
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले देशको सूर्य मिसनको तस्बिर साझा गरेको छ। बिहीबार इसरोद्वारा साझा गरिएका तस्बिरहरू आदित्य–एल१ द्वारा सेप्टेम्बर ४ मा खिचिएको हो।
एउटा तस्बिरमा पृथ्वी र चन्द्रमा एउटै फ्रेममा देखिएका छन् भने अर्को तस्बिर सेल्फी हो जसमा आदित्य-एल१ का सातवटा उपकरणमध्ये दुई वटा देखिन्छन् ।
आदित्य-एल१ लाई गत शनिबार अन्तरिक्षमा पठाइएको थियो, जसलाई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा ल्यागरेन्ज बिन्दुको कक्षमा राखिनेछ। उक्त स्थानमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार ल्यागरेन्ज बिन्दु भनेको सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बराबर हुने ठाउँ हो। यहाँ आदित्य–एल१ ले सूर्यको वरिपरि पृथ्वीको गतिमा परिक्रमा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण