शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सूर्य मिसन आदित्य-एल १ ले अन्तरिक्षबाट पठायो पहिलो सेल्फी

शुक्रबार, २२ भदौ २०८०, ११ : १५
शुक्रबार, २२ भदौ २०८०

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले देशको सूर्य मिसनको तस्बिर साझा गरेको छ। बिहीबार इसरोद्वारा साझा गरिएका तस्बिरहरू आदित्य–एल१ द्वारा सेप्टेम्बर ४ मा खिचिएको हो।
एउटा तस्बिरमा पृथ्वी र चन्द्रमा एउटै फ्रेममा देखिएका छन् भने अर्को तस्बिर सेल्फी हो जसमा आदित्य-एल१ का सातवटा उपकरणमध्ये दुई वटा देखिन्छन् ।

आदित्य-एल१ लाई गत शनिबार अन्तरिक्षमा पठाइएको थियो, जसलाई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा ल्यागरेन्ज बिन्दुको कक्षमा राखिनेछ। उक्त स्थानमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार ल्यागरेन्ज बिन्दु भनेको सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बराबर हुने ठाउँ हो। यहाँ आदित्य–एल१ ले सूर्यको वरिपरि पृथ्वीको गतिमा परिक्रमा गर्नेछ।

373470997_308927305070712_4019139277781646253_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप