आयोजकलाई ठगेपछि ११ हजार धावक अयोग्य घोषित !
काठमाडौंँ । विश्वका ठूला सहरहरुमा प्रत्येक वर्ष थुप्रै अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुन्छन् । यस्ता म्याराथन प्रतियोगिता सम्बन्धित सहरकै नाममा आयोजना हुन्छन् ।
निकै लामो समयदेखि सञ्चालन हुँदै आएका कतिपय म्याराथन त सम्बन्धित सहरको पयार्य नै बनिसकेका छन् । धेरै लामो इतिहास बोकेको नभए पनि पछिल्लो समय विश्वको चर्चित म्याराथनमध्येको एक हो, ‘मेक्सिको सिटी म्याराथन’ ।
गत अगस्टको अन्तिम साता मेक्सिको सिटी म्याराथनको पछिल्लो संस्करण आयोजना भएको थियो । मेक्सिको सिटी म्याराथन सकिएलगत्तै त्यसको ब्यापक विरोध भएको थियो ।
म्याराथनमा सहभागी थुप्रै धावकले दौड पूरा नगरेको आरोप लगाइएको थियो । दौड पूरा गर्ने कतिपय धावकले पनि निर्धारित ‘रुट’ नपछ्याएर छोटो दुरीबाट दौड टुंग्याएको दाबी गरिएको थियो ।
विश्वव्यापी रुपमा चर्को आलोचना भएपछि आयोजकले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले गरेको अनुसन्धानमा करिब ११ हजार धावकले दौड पुरा नगरेको तथ्य सार्वजनिक भएको छ ।
सोही अनुसन्धानका आधारमा आयोजकले करिब ११ हजार धावकलाई अयोग्य घोषित गरेको छ । उनीहरुमा दौड पुरा नगरेको आरोप लगाइएको छ । कपिपय धावकमाथि छोटो बाटो प्रयोग गरेर दौड पुरा गरेको आरोप पनि लगाइएको छ ।
दी मेक्सिको सिटी स्पोर्टस इन्स्टिच्युटले पनि ठूलो सँख्यामा धावकहरुलाई अयोग्य घोषित गरिएको पुष्टि गरेको छ । मेक्सिको सिटी म्याराथनमा ३० हजारभन्दा बढी धावकले सहभागिता जनाएका थिए ।
अनुसन्धानका क्रममा ‘ट्र्याकिङ डाटा’ को पनि विश्लेषण गरिएको थियो । म्याराथनको निर्धारित दूरी ४२.१९५ किलोमिटर रहेको थियो । म्याराथनका क्रममा कतिपय धावकले त सवारी साधनको प्रयोगसमेत गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण