त्रिवि शिक्षण अस्पतालले माग्यो ५० जना स्टाफ नर्स
शुक्रबार, २२ भदौ २०८०, १५ : ५०
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले करारमा स्टाफ नर्सहरू माग गरेको छ ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै करारमा नियुक्ति गर्न ५० जना स्टाफ नर्स माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्र्सङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिला र ४० वर्ष ननाघेको पुरुषले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
इच्छुकले आवेदन आजदेखि असोज ५ गतेसम्म दिन सकिनेछ । यस्तै, आवेदन चिकित्सा शास्त्र अध्ययन www.iom.edu.np/staffnurse2080/public मार्फत अनलाइन फाराम भर्न सकिने उल्लेख गरिएको छ ।
परीक्षा असोज १३ गते हुनेछ भने परीक्षाको समय र परीक्षा केन्द्र भने अर्को सूचना प्रकाशन गरी जानकारी दिइने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण