लहानमा गिरिको प्रतिमा अनावरण गरिने
लहान । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ ।
उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिमाको अनावरण गर्ने आयोजक जनाएको छ । ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरिले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट आउने कार्यक्रम रहेको छ ।
लहान–१४ खुट्टी खोलाको छेउमा स्व.नेता गिरि विसं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरिको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि हुन् । विसं २०७४ मा उनी निर्वाचित भएका थिए ।
नेपाली राजनीतिक वृत्तमा एक सरल र बौद्धिक नेताका रुपमा उनी चिनिन्छन् । गिरिको एक वर्ष पहिले काठमाण्डौँको मेडिसिटी हस्पिटलमा क्यान्सर सङ्क्रमणले उपचारका क्रममा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण