कोशी प्रदेशका मन्त्रीले लिए शपथ
शुक्रबार, २२ भदौ २०८०, २३ : ३४
काठमाडौँ । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेबाट तिलकुमार मेन्याङ्वो, पाँचकर्ण राई, एकराज कार्कीले मन्त्री र यस्तै सृजना राईले राज्यमन्त्रीको शपथ लिएका हुन् ।
संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् । मेन्याङ्वो ऊर्जा, राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यस्तै सृजना राई भने सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।
उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार शपथ गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण