गणेश न्यौपानेको ‘एउटा घाउ देउ’ (भिडियो)
काठमाडौं - हङकङमा बस्दै आएका नेपाली गायक गणेश न्यौपानेको नयाँ गीत ‘एउटा घाउ देउ’को भिडियो सार्वजनिक भएको छ ।
गौरव पहाडी र सारा शिरपालीले फिचरिङ गरेको गीतमा आफ्नो प्रेमी गौरवलाई दुःखित बनाउन साराले गर्भवती बनेको अभिनय र अन्तिममा त्यसको वास्तविकता खुलेपछि खुशी भएका गौरवको भावलाई झल्काइएको छ ।
नगरकोटको बोजिनी होटलमा छायांकन गरिएको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । भिडियोमा साराले गौरवलाई अप्रिल फूल मनाएको प्रसंगलाई देखाइएको छ । फिल्म ‘रुद्र’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सारा पछिल्लो पटक निखिल उप्रेतीसँग फिल्म ‘पिँजडा ब्याक अगेन’मा देखिएकी थिइन् । उनी यतिबेला फिल्म ‘सुश्री सम्पत्ति’मा व्यस्त छिन् ।
नायक गौरवले थुप्रै फिल्ममा अभिनय गरे पनि उनी चर्चित गीत ‘साइली’मा साइलाको चरित्रबाट आफूलाई स्थापित गराए । यो गीतमा भूपेन्द्र खड्काको शब्द, दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेञ्ज, दिपेश प्रधान र प्रकाश केसीको मास्टरिङ र मिक्सिङ, निरोज श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
भिडियो..
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/kzKBG3hzGBw" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण