टिकाराम भट्टराईको बहस–‘न्यायिक टिप्पणीसहित ललिता निवासको मुद्दा खारेज गर्नुपर्छ’
काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले न्यायिक टिप्पणीसहित अदालतबाट ललिता निवासको मुद्दा खारेज हुनुपर्ने बताएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस गर्दै भट्टराईले भने–‘ललिता निवासको मुद्दा हदम्याद भित्रको छैन ।’
डिल्लीबजार मालपोतका तत्कालीन खरिदार नारायणराज मिश्रको तर्फबाट बहस गरेका भट्टराईले अदालतले ‘न्यायिक टिप्पणी’सहित बालुवाटार जग्गा प्रकरणको मुद्दा खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।
२०७८ पुस २४ मा सरकारी वकिल कार्यालयले निर्देशनसहित अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई फिर्ता गरेको उल्लेख गर्दै भट्टराईले भने–‘त्यस्तो अवस्थामा १५ दिनभित्र अनुसन्धान प्रक्रिया पुरा गर्नुपर्छ ।’
तर, केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन फिर्ता भएको १५ दिनमा अनुसन्धान पुरा नगरेको हुनाले अभियोग पत्र दर्ता हुन नसक्ने उनले बताए । भट्टराईले भने– ‘यो मुद्दा हदम्याद भित्रको छैन ।’
भीड र पत्रिकाको समाचारबाट अदालत निर्देशित हुन नहुने उल्लेख गर्दै भट्टराईले भने–‘ललिता निवासमा अदालत पनि भीडबाट निर्देशित भएको प्रतिवादीहरुको भनाइ छ ।’
लतिला निवास प्रकरण कार्यकारणीले कानुनमाथि गरेको जालसाँजी भएको भट्टराईले दावी गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण