कविता
सूर्य र पृथ्वी
शनिबार, २३ भदौ २०८०, १४ : ०३
म कसैको सूर्य थिएँ
कोही मेरो पृथ्वी थिई
मेरो वरिपरि
घुम्या घुम्यै थिई
समय चल्दै थियो
साल सम्बत ऋतुहरू
फेरिँदै थिए
म उसको अन्तहीन प्रेममा थिएँ
मायामा थिएँ
ऊ मेरो असीमित प्रेममा थिई
परिधिमा थिई ।
समय यसरी बदलियो कि
घुम्दा घुम्दै
एक अन्तरालपछि आएर
ऊ मेरी सूर्य भइदिई
म उसको पृथ्वी भइदिएँ
पत्तै भएन ।
आज म घुम्या घुम्यै छु
उसकै वरिपरि बाँचिरहेछु
म उस्तै प्रेममा छु
आशक्तिमा छु
अपसोच
उसको वरपर घुम्नको लागि
आज थुप्रै ग्रह छन्
तब त म आज उसका निम्ति
विकल्पहरू मध्येको
केवल एक विकल्प भएको छु
यस्तो केवल प्रेममा मात्रै सम्भव छ कि
सूर्य र पृथ्वीले आफ्नो ठाउँ बदल्न सक्छ ।
खोटाङ, हाल दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण