कविता
सूर्य र पृथ्वी
शनिबार, २३ भदौ २०८०, १४ : ०३

म कसैको सूर्य थिएँ
कोही मेरो पृथ्वी थिई
मेरो वरिपरि
घुम्या घुम्यै थिई
समय चल्दै थियो
साल सम्बत ऋतुहरू
फेरिँदै थिए
म उसको अन्तहीन प्रेममा थिएँ
मायामा थिएँ
ऊ मेरो असीमित प्रेममा थिई
परिधिमा थिई ।
समय यसरी बदलियो कि
घुम्दा घुम्दै
एक अन्तरालपछि आएर
ऊ मेरी सूर्य भइदिई
म उसको पृथ्वी भइदिएँ
पत्तै भएन ।
आज म घुम्या घुम्यै छु
उसकै वरिपरि बाँचिरहेछु
म उस्तै प्रेममा छु
आशक्तिमा छु
अपसोच
उसको वरपर घुम्नको लागि
आज थुप्रै ग्रह छन्
तब त म आज उसका निम्ति
विकल्पहरू मध्येको
केवल एक विकल्प भएको छु
यस्तो केवल प्रेममा मात्रै सम्भव छ कि
सूर्य र पृथ्वीले आफ्नो ठाउँ बदल्न सक्छ ।
खोटाङ, हाल दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोड ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ