जनतासँग नेटवर्क विच्छेद हुँदा माओवादी कमजोर भयो : वर्षमान पुन
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले शान्ति प्रक्रियामा आएपछि पार्टी र जनताबीचको सम्पर्क टुटेकाले माओवादी कमजोर भएको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरणका क्रममा आइतबार काठमाडौँ गोंगबु–बालाजु क्षेत्रमा रहेका पुनले शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक देखिएको बताए ।
सुशासनको पक्षमा सरकारले चालेको कारवाहीप्रति जनताहरू उत्साहित देखिएपनि तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितितर्फ सरकारको ध्यान नगएकोमा जनताको गुनासो रहेको उनले बताए । ‘सुशासनको पक्षमा सरकारले चालेको कारबाहीलाई लिएर जनताहरू उत्साहित देखिएका छन् । तर तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितिबारे सरकारको ध्यान नगएकोमा गुनासो छ’, आइतबार रातोपार्टीसँग उनले भने– ‘जनता र माओवादीबीच नेटवर्क विच्छेद हुँदा काठमाडौँ उपत्यकामा पार्टी निकै कमजोर भएको छ । त्यसलाई सुधार गर्ने गरी आगामी दिनमा कार्यक्रम ल्याउँछौं ।’
उनले प्रारम्भिक चरणको सुझावहरू आउनेक्रम रहेकाले पार्टी रूपान्तरणका विषयमा तीन महिने अभियान सकिएपछि गम्भीर समीक्षा गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण