बैतडीमा बेपत्ता शिक्षकको अवस्था अज्ञात
बैतडी । यहाँ १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो ।
बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, “बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ, अवस्था अज्ञात छ ।”
स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालय हिँडेका र घर नफर्केका हुन् । शिक्षक बोहराले लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।
उनले भने, “खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौँ, खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण