नोरा फतेहीले मोदीलाई किन दिइन् धन्यवाद ?
उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रवार राती आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान यो विपत्मा परी मृत्यु भएकाहरू प्रति गहिरो दुःख व्यक्त गरेका थिए ।
मोदीले सोसल मिडियामा लेखे, ‘भारत यो कठिन घडीमा मोरक्कोलाई हर सम्भव मद्दत गर्नका लागि तत्पर छ ।’
नोरा फतेहीले के भनिन् ?
चलचित्र उद्योगसँग सम्बद्ध डान्सर, मोडल तथा अभिनेत्री नोरा फतेहीले सहयोगको प्रस्तावका लागि मोदीलाई धन्यवाद दिएकी छिन् ।
नोराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘यति ठुलो सहयोगको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद !’
‘यस बारे चेतना जगाउने र सहयोगी हात बढाउने सुरुवाती देशमध्ये तपाईं एक हुनुहुन्थ्यो । यसका लागि मोरक्को जनता धेरै आभारी र कृतज्ञ छन् । जय हिन्द ।’
मोदीले ट्विट गर्नुअघि नोरा फतेहीले शनिवार इन्स्टाग्राममा लेखेकी थिइन्, ‘आज मोरक्कोमा भूकम्पको खबर हृदय विदारक छ ! धेरै सहरमा यसको नराम्रो असर र धेरैको ज्यान गएको जानकारी पाइरहेको छु । म अहिले सबैका लागि दुखी छु ।’
उनले सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेको लेखेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘यो निकै डरलाग्दो छ । म अल्लाहलाई धन्यवाद दिन्छु कि हाम्रा मित्र र परिवारका सदस्य सुरक्षित छन् । जसले यो विपत्मा आफ्नो प्रियजन गुमाएका छन्, उनीप्रति मेरो समवेदना ।’
नोरा फतेही मोरक्को मूलकी क्यानेडेली नागरिक हुन् । उनी हाल आफ्नो कामका लागि भारतमा छिन् । उनले थुप्रै फिल्म र गीतमा काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण