सांसद–डीएसपी विवाद : फुङलिङ शान्त, छानबिन हुँदै
विराटनगर । ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ ।
भदौ २१ गते फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस सांसद खगेनसिंह हाङ्गाम र डीएसपी राजन लिम्बूबिच प्रतिष्ठाको लडाइँ बनेको थियो । विवाद चर्केपछि हाङ्गामले डीएसपी लिम्बूको परिवारकै हत्या गर्ने धम्की दिएका थिए ।
उक्त घटना चर्किदै गएपछि कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले काम टुङ्ग्याउन लागेको जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले फुङलिङको अवस्था अहिले शान्त हुँदै गएको बताए ।
‘सबैसँग बुझेर प्रतिवेदन बुझाउने जिम्मा समितिलाई दिइएको छ,’ डीआइजी बाँस्तोलाले भने, ‘एकदुई दिनमा प्रतिवेदन आउँछ ।’
प्रहरीलाई मार्ने धम्की दिएको विषयमा पनि सोधपुछ हुन्छ कि भन्ने प्रश्नमा डीआइजी बाँस्तोलाले भने, ‘समग्र घटनाको छानबिन हुने हो । केही एउटा पार्टमा मात्रै सोधपुछ र छानबिन हुने कुरा होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण