उपाध्यक्ष श्रेष्ठ र युएनएफपीए नेपालका प्रतिनिधिबीच भेटवार्ता*
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।
नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।
होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।
यसअघि समाचार अन्यथा परेकाले सच्याइएको छ*
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण