बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

नाडा अटो सो : टाटाका तीनवटा गाडीहरू सार्वजनिक

मङ्गलबार, २६ भदौ २०८०, १९ : ३६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । टाटा मोटर्स प्यासेन्जर भेहिकलले नाडा अटो सो लाई लक्षित गरी तीनवटा गाडीहरू टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको छ । 

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका गाडीहरू टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको हो । 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरू रहेका छन् ।  जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्टहरूको मूल्य यसप्रकार रहेको छ ।

1

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य   विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ ।  सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् ।  नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।

त्यसैगरी, टाटाको न्यु फरेभ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधार स्तम्भहरु हुन् आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा एवं आकाङ्क्षाहरूको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । टियागो इभीको बजार मूल्य यस प्रकार रहेको छ । 

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप