घाइते नसिम शाह एसिया कपबाट ‘आउट’, जमान खान ‘ईन’
बिहीबार, २८ भदौ २०८०, ११ : १८
कोलम्बो । भारतविरुद्धको सुपर फोर खेलमा काँधमा चोट लागेका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले नसिमको स्वास्थ्यबारे टोलीको मेडिकल टिमले मूल्यांकन गरिरहेको र आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको जनाएको छ । जमानले पाकिस्तानको टोलीसँग प्रशिक्षकसमेत सुरु गरिसकेको पीसीबीको भनाई छ ।
उता, भारतविरुद्धको खेलमा रिजर्भ डेमा बलिङ नगरेका ह्यारिस राउफको पनि स्वास्थ्यमा सुधार भइरहेको बोर्डले जानकारी दिएको छ । भारतविरुद्ध दुवै राउफ र शाहले ब्याटिङ गरेनन् । टोली भारतसँग २२८ रनको विशाल अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण