भिसा बिनै भारतको बाटो हुँदै काठमाडौँ आएका थिए चिनियाँ सुन तस्कर
काठमाडौँ । ६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ । सुन तस्करीमा संलग्न समूहलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘टोखा समूह’ र ‘लाजिम्पाट समूह’मा वर्गीकरण गरेर पहिलो चरणको अनुसन्धान टुङ्ग्याएको छ । टोखा समूह परिचालन गर्ने चिनियाँ तस्कर याओ पुचेङ्ग बिना भिसा नै नेपाल प्रवेश गरेका हुन् । तस्कर समूहमा उनी ‘एलेक्स’ भनेर चिनिन्छन् ।
चिनियाँ नागरिक याओ पुचेङ्ग करिब १ वर्षअघि भारत हुँदै नेपाल आएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने,‘पुचेङ्गसँग भारतीय आधार कार्ड र नक्कली नेपाली पासपोर्ट रहेछ, ती कागजातका आधारमा उनी बिना भिसा काठमाडौंमा आएको देखिन्छ ।’
याओ पुचेङ्ग उर्फ ‘एलेक्स’को साथमा नेपाली नागरिकता समेत भेटिएको छ । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकता लिएका हुन् ।
भारतबाट नेपाल प्रवेश गर्दा कुन नाकाबाट छिरेको भन्नेबारे पुचेङ्गले प्रहरीलाई बताउन सकेका छैनन् । तर, उनले भनेका छन्, ‘भारतबाट नेपाल प्रवेश गरेको हुँ ।’ उनी पाँच वर्षदेखि चीन गएका छैनन् ।
ठमेलको छायासेन्टर स्थित ‘वाल्डो क्यसिनो’ मा जुवा खेल्ने पुचेङ्गले त्यहाँबाट हङहङमा रकम पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि छ । सुन तस्करीको रकम भुक्तानीमा वाल्डो क्यासिनो प्रयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण