बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अटो शोमा सिट्रोनको गाडी बुकिङ गर्नेले २५ हजारको उपहार पाउने

बिहीबार, २८ भदौ २०८०, १२ : १५
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सलेफेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमण्डपमा भदौ २६ गतेदेखि सुरू भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको सिट्रोन सी–३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा समेत पाउन कम्पनीले जनाएको छ ।  त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ई.सी–३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मंगलबारदेखि राजधानीमा शुरु १५ औं संस्करणको नाडा अटो, २०२३ आगामी आइतबार अर्थात् भदौ ३१ गतेसम्म चल्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप