अटो शोमा सिट्रोनको गाडी बुकिङ गर्नेले २५ हजारको उपहार पाउने
काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सलेफेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
भृकृटीमण्डपमा भदौ २६ गतेदेखि सुरू भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको सिट्रोन सी–३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा समेत पाउन कम्पनीले जनाएको छ । त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ई.सी–३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मंगलबारदेखि राजधानीमा शुरु १५ औं संस्करणको नाडा अटो, २०२३ आगामी आइतबार अर्थात् भदौ ३१ गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण