आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले नगदसहित १४.७० प्रतिशत लाभांश दिने

शुक्रबार, २९ भदौ २०८०, १३ : ४२
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

योसँगै बैंकले बोनस सेयर बापत १ अर्ब १२ करोड १४ लाख १० हजार ३५५ रुपैयाँ ३१ पैसा वितरण गर्नेछ भने नगद लाभांशमा ७१ करोड २ लाख २६ हजार ५५८ रुपैयाँ ३६ पैसा खर्च गर्नेछ । 

उक्त लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप