जिम्मेवारी हेरफेरबारे झलनाथको प्रतिक्रिया– ‘निर्णय खतरनाक छ, छलफल गर्छौं’
शुक्रबार, २९ भदौ २०८०, १७ : ०९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कार्यविभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको प्रतिक्रिया दिएका छन् । राजधानीमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको जिकिर गरे ।
‘यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन’, उनले भने, ‘सहमतिबिना अपानी जारी भएको छ, त्यसबारे छलफल गर्दैछौं ।’
नेकपा एसले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दे अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । कार्यविभाजनलाई लिएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मले तीव्र असन्तुष्टि देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण