केनको करियरको ३ सयौँ क्लब गोल तर रोकियो बायर्न
म्युनिख । ह्यारी केनले आफ्नो करियरको ३०० औं क्लब गोल गर्दा बायर्न म्युनिख र बायर लेभरकुसेनसँग बुन्डेस लिगामा रोमाञ्चक बराबरी खेलेका छन् । केनले टोटेनहमका लागि २८०, मिलवालका लागि नौ, लेटन ओरिएन्टका लागि पाँच, बायर्नका लागि चार र लेस्टरका लागि दुई गोल गरेका हुन् ।
बुन्डेस लिगाका चार खेलहरूमा आफ्नो चौथो गोलको गर्दै केनले बायर्नलाई अग्रता दिलाए पनि एलेक्स ग्रिमाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे। योसँगै केनको सन् २००७ मा मिरोस्लाभ क्लोजपछि आफ्नो पहिलो चार बुन्डेस लिगा खेलहरूमा चार गोल गर्ने पहिलो बायर्न खेलाडी बनेका छन्।
खेल सकिन चार मिनेट बाँकी रहँदा लियोन गोरेट्जकाले बार्यनलाई पुन: अग्रता दिलाए । तर इन्जुरी समयमा भिडियो असिस्टेन्ट रेफ्रीले दिएको पेनाल्टीमा एक्क्विएल पालासियोसले गोल गर्दै खेलमा लेभरकुसेनलाई जोगाउन सफल भए ।
डेयोट उपमेकानोले लगभग अन्तिम किकमा बायर्नलाई जीत दिलाएको सोचेका थिए तर उनको गोल अफसाइड भनेर रद्द गरियो। बराबरीपछि बायर्न र लेभरकुसेन दुबैले सिजनमा आफ्नो अपराजित रेकर्ड कायम राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण