शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

केनको करियरको ३ सयौँ क्लब गोल तर रोकियो बायर्न

शनिबार, ३० भदौ २०८०, ०६ : ४१
शनिबार, ३० भदौ २०८०

म्युनिख । ह्यारी केनले आफ्नो करियरको ३०० औं क्लब गोल गर्दा बायर्न म्युनिख र बायर लेभरकुसेनसँग बुन्डेस लिगामा रोमाञ्चक बराबरी खेलेका छन् । केनले टोटेनहमका लागि २८०, मिलवालका लागि नौ, लेटन ओरिएन्टका लागि पाँच, बायर्नका लागि चार र लेस्टरका लागि दुई गोल गरेका हुन् ।

बुन्डेस लिगाका चार खेलहरूमा आफ्नो चौथो गोलको गर्दै केनले बायर्नलाई अग्रता दिलाए पनि एलेक्स ग्रिमाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे।  योसँगै केनको सन् २००७ मा मिरोस्लाभ क्लोजपछि आफ्नो पहिलो चार बुन्डेस लिगा खेलहरूमा चार गोल गर्ने पहिलो बायर्न खेलाडी बनेका छन्।

खेल सकिन चार मिनेट बाँकी रहँदा लियोन गोरेट्जकाले बार्यनलाई पुन: अग्रता दिलाए ।  तर इन्जुरी समयमा भिडियो असिस्टेन्ट रेफ्रीले दिएको पेनाल्टीमा एक्क्विएल पालासियोसले गोल गर्दै  खेलमा लेभरकुसेनलाई जोगाउन सफल भए ।

डेयोट उपमेकानोले लगभग अन्तिम किकमा बायर्नलाई जीत दिलाएको सोचेका थिए तर उनको गोल अफसाइड भनेर रद्द गरियो। बराबरीपछि बायर्न र लेभरकुसेन दुबैले सिजनमा आफ्नो अपराजित रेकर्ड कायम राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप