पुनरागमन गर्दै सिटीको शतप्रतिशत नतिजा कायमै
म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै यो सिजन आफ्नो शत प्रतिशत नतिजा कायमै राखेको छ । शनिबार भएको खेलमा सिटीले वेस्ट ह्यामलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।
घरेलु टोलीले पहिलो हाफको अन्त्यतिर जेम्स वाड प्रावेसको गोलको मद्दतले अप्रत्याशित अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै जेरेमी डोकूले खेल बराबरीमा ल्याए । सिटीका लागि उनको यो पहिलो गोल थियो ।
७६ औँ मिनेटमा जुलियन अल्भारेजको पासमा बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाए । सिल्भाले खेलको अन्त्यतिर अर्लिङ हालान्डलाई गोलको अवसर सिर्जना गर्दै सिटीको पुनरागमन पूरा गरे । ५ खेलपछि १५ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा रहेको छ । वेस्ट ह्याम १० अङ्कसहित लिगको छैटौँ स्थानमा छ ।
शनिबार नै अन्य खेलमा टोटनह्याम हटस्पर्सले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने फुलह्यामले लुटन टाउनलाई १–० गोलले हरायो । लुटन यो सिजन जीतविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण