पुनरागमन गर्दै सिटीको शतप्रतिशत नतिजा कायमै

म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै यो सिजन आफ्नो शत प्रतिशत नतिजा कायमै राखेको छ । शनिबार भएको खेलमा सिटीले वेस्ट ह्यामलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।
घरेलु टोलीले पहिलो हाफको अन्त्यतिर जेम्स वाड प्रावेसको गोलको मद्दतले अप्रत्याशित अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै जेरेमी डोकूले खेल बराबरीमा ल्याए । सिटीका लागि उनको यो पहिलो गोल थियो ।
७६ औँ मिनेटमा जुलियन अल्भारेजको पासमा बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाए । सिल्भाले खेलको अन्त्यतिर अर्लिङ हालान्डलाई गोलको अवसर सिर्जना गर्दै सिटीको पुनरागमन पूरा गरे । ५ खेलपछि १५ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा रहेको छ । वेस्ट ह्याम १० अङ्कसहित लिगको छैटौँ स्थानमा छ ।
शनिबार नै अन्य खेलमा टोटनह्याम हटस्पर्सले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने फुलह्यामले लुटन टाउनलाई १–० गोलले हरायो । लुटन यो सिजन जीतविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने