१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा
१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा हेर्न पाइने भएको छ । नेपालमा जन्मेकी लाक्पा हाल अमेरिकाको वेस्ट हार्टफोर्डमा बस्छिन्, उनीबारेको वृत्तचित्र सन् २०२४ मा देखाइनेछ ।
‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ बेलायती फिल्म निर्माताले लुसी वाकरले बनाएकी हुन् । यसलाई गत हप्ता टोरन्टो फिल्म फेस्टिबलमा देखाइएको थियो । पहिलो स्क्रिनिङको केही दिनपछि नेटफ्लिक्सले यसलाई विश्व भरी प्रसारण गर्ने अनुमति पाएको हो ।
फेस्टिबलमा फिल्मबारे भनिएको छ, ‘लाक्पा शेर्पा सगरमाथाको सफल आरोहण गरेर सकुशल फर्किने पहिलो नेपाली महिला हुन् । यो जोसुकैको लागि पनि जीवनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । ’
शेर्पाले किशोर अवस्थामा हुँदा भरिया भएर विभिन्न हिमालको आरोहण गर्न सुरु गरिन् । उनले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड स्थापित गरिन् । त्यति बेला उनको समूहमा उनी एक्लै सगरमाथा आरोहण गर्न सफल भएकी थिइन् । यसअघि सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् तर उनको फर्किने क्रममा निधन भयो ।
यता लुसी वाकरले यसअघि ‘ब्लाइन्डसाइट’, ‘द क्र्यास रिल’, ‘वेस्ट ल्यान्ड’ र ‘द सुनामी एन्ड द चेरी ब्लजम’ नामका डकुमेन्ट्री बनाइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण