यती एयरलाइन्सले सुरु गर्यो काठमाडौँ–पोखरा रात्रिकालीन उडान
काठमाडौँ । यती एयरलाइन्सले काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको छ । कम्पनीले आइतबार अर्थात् भदौ ३१ गतेदेखि पोखराका लागि नियमित रात्रि कालिन उडान (आई एफ आर उडान) सुरु गरेको हो ।
आजबाटै लागू हुनेगरी काठमाडौँ–पोखरा नियमित रात्रिकालीन उडान तालिका समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस अघि नै रात्रि उडानको सुविधा भएपनी यतीले हालसम्म रात्रि उडान सेवा सुरु गरेको थिएन ।
पहिलो रात्रिकालीन उडानका रुपमा कम्पनीले आज साँझ ५ः३० बजे एनवाईटि ६८३ जहाजमार्फत काठमाडौँबाट पोखरा उडान गर्नेछ भने उताबाट पुनः ६ः३० एनवाईटी ६८४ मार्फत काठमाडौँका लागि उडान भर्नेछ ।
हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जाने यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण