सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दिपेश पुनको कागज– ‘दावा र मेरो बीचमा कारोबार छैन’

सोमबार, ०१ असोज २०८०, ११ : ४३
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का पुत्र दिपेश पुनले ६० किलो सुन तस्करीका प्रतिवादी दावा छिरिङसँग कारोबार नभएको दावी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ मा गएर उनले दावासँग कहिलेकाँही सम्पर्क हुने गरेको तर, आफ्नो र दावाको बीचमा कारोबार नभएको बयान दिएका हुन् ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक दावाले आफ्नो गाउँले अमला रोकासँग विवाह गरेका कारण चिनजान भएको दिपेशले बताएका छन् । बयान कागजमा उनले भनेका छन्–‘अमला मेरो गाउँले र निज शहिद परिवारको भएको साथै माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट र चिनजान भएको हो ।’

दावा छिरिङसँग कहिलेकाहिँ फोन सम्पर्क हुने गरेको तर, उनले गरेको आपराधिक काममा आफ्नो संलग्नता नभएको दिपेशले जिकिर गरेका छन् । सीआईबीले दिपेशको मोबाइल डिजिटल फरेन्सिक ल्यावमा परीक्षण गरेको छ ।

राजस्व अनुसन्धान विभागले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका छन् ।

दिपेश पुनले गरेको कागज

‘मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाही फोन सम्पर्क हुने गरेको थियो । हामाी बीचमा केही कारोबार छैन । अमला रोका मेरो गाउँको भएको, निज शहिद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट चिनजान भएको हो । दावा छिरिङसँग सामाजिक सञ्जालमा आए अनुसारको मेरो कुनै प्रकारको कारोबार छैन र निजले गरेका कुनैपनि आपराधिक काम कारबाहीमा मेरो संलग्नता छैन । अनुसन्धानको लागि मोबाइल परीक्षणको लागि पेश गरेको छु  ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप