दिपेश पुनको कागज– ‘दावा र मेरो बीचमा कारोबार छैन’
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का पुत्र दिपेश पुनले ६० किलो सुन तस्करीका प्रतिवादी दावा छिरिङसँग कारोबार नभएको दावी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ मा गएर उनले दावासँग कहिलेकाँही सम्पर्क हुने गरेको तर, आफ्नो र दावाको बीचमा कारोबार नभएको बयान दिएका हुन् ।
तिब्बतीयन मुलका बेल्जियन नागरिक दावाले आफ्नो गाउँले अमला रोकासँग विवाह गरेका कारण चिनजान भएको दिपेशले बताएका छन् । बयान कागजमा उनले भनेका छन्–‘अमला मेरो गाउँले र निज शहिद परिवारको भएको साथै माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट र चिनजान भएको हो ।’
दावा छिरिङसँग कहिलेकाहिँ फोन सम्पर्क हुने गरेको तर, उनले गरेको आपराधिक काममा आफ्नो संलग्नता नभएको दिपेशले जिकिर गरेका छन् । सीआईबीले दिपेशको मोबाइल डिजिटल फरेन्सिक ल्यावमा परीक्षण गरेको छ ।
राजस्व अनुसन्धान विभागले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका छन् ।
दिपेश पुनले गरेको कागज
‘मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाही फोन सम्पर्क हुने गरेको थियो । हामाी बीचमा केही कारोबार छैन । अमला रोका मेरो गाउँको भएको, निज शहिद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट चिनजान भएको हो । दावा छिरिङसँग सामाजिक सञ्जालमा आए अनुसारको मेरो कुनै प्रकारको कारोबार छैन र निजले गरेका कुनैपनि आपराधिक काम कारबाहीमा मेरो संलग्नता छैन । अनुसन्धानको लागि मोबाइल परीक्षणको लागि पेश गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण