नारायणी किनारामा ‘लिलिबिलि’ कन्सर्ट
काठमाडौं – अभिनेता प्रदीप खड्काले ‘लिलिबिलि’ आफ्ना लागि डेब्यु चलचित्र भएको बताएका छन् । ‘इस्केप’बाट अभिनयमा डेब्यु गरेका प्रदीपले ‘प्रेम गीत’ सिरिजमा सकेत काम गरेका थिए ।
चलचित्र ‘लिलिबिली’ प्रचारका लागि चितवन पुगेका प्रदीपले ‘लिलिबिली’मा आफ्नो फरक अभिनय भएकोले डेब्यु सरह मान्न आग्रह गरे । उनले लिलिबिलिको भुमिका र कामको नयाँ अनुभवले आफुलाई नयाँ उचाई दिने आशा व्यक्त गरे ।
अभिनेत्री जसिता गुरुङ लगायत एक टोली सहित उनी चलचित्र प्रचारमा मोफसल टुरमा निस्किएका हुन् । कार्यक्रममा जसिता गुरुङले चलत्रिमा आफु इमोसनल र सिम्पल केटीको भूमिकामा देखिने बताइन् ।
बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायाँकन गरिएको ‘लिलिबिली’ हरेक नेपाली मनपराउने चलचित्र बनेको निर्देशक चाम्सले बताए ।
सोमबार चितवनको नारायणी किनारमा एक कन्सर्ट पनि आयोजना गरिएको थियो । उक्त स्थानमा अभिनेता प्रदीपलाई हेर्न सयौं दर्शक उपस्थित थिए । उपस्थित दर्शकले अभिनेतासँग सेल्फी लिन तछाडमछाड गरेका थिए ।
यो युनिट पुर्वका दमक, इटहरी, धरान लगायतका शहरको प्रचार पछि राजधानी फर्कनेछ ।
टुरमा प्रदीप, जसिता, मिलन, सुदिपसँगै नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल समेत सहभागी रहेको निर्माता गोबिन्द शाहीले बताए ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचत्रिका गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्स निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण