चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या गर्ने युवक पक्राउ
मङ्गलबार, ०२ असोज २०८०, ११ : ५९

कपिलवस्तु । ६० वर्षीय आफ्नै बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष