उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैँ । न्याय परिषद्ले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको छ । न्याय परिषद्को गत शुक्रबारको बैठकले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको सूचना सोमबार सार्वजनिक गरेको हो ।
न्याय परिषद्का अनुसार नवनियुक्त उच्च अदालतको न्यायाधीशहरुमा श्याम कुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।
त्यसैगरी न्यायाधीशहरु धनसिंह महरा र राजुकुमार खतिवडालाई उच्च अदालत पोखरामा पदस्थापन गरिएको छ ।
त्यस्तै न्यायाधीशहरु राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ भने हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदस्थापन गरिएको छ ।
न्यायाधीश कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पदस्थापन गरिएको छ भने स्वीकृति पराजुली, पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पदस्थापन गरिएको छ ।
न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ ।
न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ भने न्यायाधीश विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको छ । न्यायाधीश सुशिल कोइराला उच्च अदालत विराटनगरको धनकुटा इजलासमा पदस्थापन भएका छन् ।
न्यायाधीश अचुतम कुमार आचार्यलाई उच्च अदालत तुलसीपुरमा पदस्थापन भएका छन् भने न्यायाधीश गोविन्द जोशी उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पदस्थापन भएका छन् । यञ बहादुर राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन