प्रदेश २ को १०० दिने कार्ययोजनाः एक परिवार एक रोजगार, छोरी जन्मिए बीमा
जनकपुरधाम–प्रदेश नम्बर २ नम्बरको सरकारले सोमबार आफ्नो सयदिने कार्ययोजना सार्वजनिक गरेको छ ।
प्रदेश दुईको मन्त्रिपरिषद कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री लालबाबु राउतले विभिन्न महत्वकांक्षी योजनासहितको १०० बुँदे कार्ययोजनमा सार्वजनिक गरेका हुन् ।
जसमा बेटी बचाउः बेटी पढाउ, एकपरिवार एक रोजगार, मुख्यमन्त्री सडक योजना, महिला सुरक्षा डेस्क, आपकी सरकार आपकी द्वार, मुख्यमन्त्री राहतकोष जस्ता नारायुक्त कार्यक्रम समावेश गरिएको छ ।
बेटी पढाउ, बेटी बचाउ योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँगको साझेदारमा छोरीहरुको शिक्षा विमा नीति ल्याइने उल्लेख छ ।
एक परिवार एक रोजगार अन्तर्गत सहिद प्रतिष्ठानको स्थापना गरी सहिद परिवारका लागि एक परिवार एक रोजगार कार्यक्रम ल्याउने भनिएको छ । स्थानीय तहका आवासीय क्षेत्रहरुलाई जोड्न सडक विस्तार तथा कालापत्रे गर्ने योजनालाई ‘मुख्यमन्त्री सडक योजना’ अन्तर्गत ल्याइने समेत घोषणा गरिएको छ ।
हिंसा पीडित महिलाहरुले निःशुल्क एसएमएस मार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष पुर्याउन सक्नेछन् भने सहयोगका लागि मुख्यमन्त्री कार्यालयमा महिला सुरक्षा डेस्क खडा गरिने कार्ययोजनामा उल्लेख छ ।
त्यसैगरी प्रदेश भित्रको समस्याको पहिचान तथा प्राथमिकीकरण गर्न आठवटै जिल्लामा यथाशीघ्र बृहत छलफलको आयोजना गरिने छ । छलफलबाट प्राप्त सुझाव, सल्लाहलाई प्राथमिकतामा राखेर अगामी आर्थिक योजनामा समावेश गरिने कार्ययोजनामा उल्लेख छ ।
सो छलफलका लागि गएको बेला गाउँका सर्वसाधारणको आवाज नछुटोस् भनि पिछडिएको ग्रामीण दलित वस्तीमा ‘आपकी सरकार आपकेद्धार’ कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ ।
वर्षेनी हुने हुने बाढी, आगलागी, शितलहर लगायतको विपदबाट हुने जनधनको क्षतिको बेला जनतालाई रहत तथा सहयोग गर्नका लागि मुख्यमन्त्री राहत कोषको स्थापन गरिनेछ र त्यही कोष अन्तर्गत प्रकृतिक प्रकोप नियन्त्रण अध्ययन तथा अनुगमन समिति तथा राहत उद्धार समिति हुने कार्ययोजनमा उल्लेख छ ।
त्यसैगरी, विदेशिएका युवाहरुको स्वारोजगारका लागि सीपमुलक तालिमको व्यवस्था मिलाइनुको साथै रोजगारको अवसर सृजना गरी युवा वर्हिगमनलाई न्युनिकरण गरिने जनाइएको छ ।
त्यसको साथै वैदेशिक रोजगारीमा गएको परिवारको समाजिक सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहज पहुँचको लागि नीति ल्याइने जनाएको छ ।
फागुन १३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो ११ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए ।
फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका राउतले फागुन १० गते विश्वासको मत लिएका थिए । फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवा सुविधाको बारेमा पत्र लेखेका मुख्यमन्त्री राउतले फागुन १३ गते आफ्नो ११ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण