पहिचान पक्षधरको विराटनगरमा मोटरसाइकल र्याली
मङ्गलबार, ०२ असोज २०८०, १९ : ४७
विराटनगर । प्रदेशको नाम कोशी नामकरण गरेपछि असन्तुष्ट बनेको पहिचान पक्षधरले विराटनगरमा मंगलवार मोटरसाइकल र्याली निकालेका छन् । सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीमा विराटनगर आएका उनीहरुले विरोध प्रदर्शन र कोणसभा गरे ।
उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानमा दुई महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वको सरकार रहेको बेला प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । त्यस यता पहिचान पक्षधरहरुले प्रदेश १ पुनः नामकरण संघर्ष समिति निर्माण गरी आन्दोलन र विरोध गरिरहेका छन् ।
_UV9OgBNqTd.jpg)
_1ygScZZqkJ.jpg)
_qFYNkbPbr6.jpg)
_ckdJCsbSeI.jpg)
_xSVRAwnbIg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण