‘लम्फू’को ‘सुको छैन यार’ गाउनेलाई ५० हजार पुरस्कार
काठमाडौं – २८ बैशाखबाट प्रदर्शनमा आउने चलचित्र ‘लम्फू’को गीत ‘सुको छैन यार’को कभर डान्स प्रतियोगीता घोषणा गरिएको छ । चलचित्रको डिजिटल अधिकार प्राप्त ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगीता सार्वजनिक गरेको हो ।
प्रतियोगीताका लागि बैशाख २० गते भित्र चलचित्रको ‘सुको छैन यार’ गीत गाएर भिडियो बनाउनु पर्नेछ । त्यसरी बनाइएको भिडियो मध्य एक उत्कृष्ट चयन गरेर पुरस्कृत गरिने चलचित्र युनिटले जनाएको छ । विजेताले नगद रु. ५० हजारको साथमा अन्य आकर्षक उपहार जित्न सक्नेछन् । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफीको आधारमा बिजेता ३१ बैशाखमा घोषणा गरिनेछ ।
गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यो गीतमा शिव परियारको स्वर रहेको छ, भने अर्जुन पोखरेलको संगीत भरेका छन् ।
कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ‘लम्फू’लाई पपुलर मल्टीमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण