‘दिमाग खराब’ को गीत ‘बिरामी मुलुक’ मा नागरिकको निराशाको कथा
काठमाडौंँ । ‘लुट’ का निर्देशक निश्चल बस्नेतको ६ वर्षपछि निर्देशनमा कमब्याक फिल्म ‘दिमाग खराब’ को पहिलो गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको छ । जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको गीतले नागरिकको निराशा बोल्छ ।
देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई गीतमा उतारिएको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह लगायतको अभिनय छ ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्म राजनीतिक–सामाजिक विषयमा आधारित छ । रौनक विक्रम कँडेल निर्माता र सुरजबम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन छ ।
फिल्म तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण